काठमाडौं । अमेरिकी बास्केटबल स्टार ब्रिट्नी ग्रिनरलाई रुसको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । लागुऔषध ओसारपसारमा दोषी देखिएपछि रुसी अदालतले ग्रिनरलाई जेल सजाय तोकेको हो ।गत फेब्रुअरीमा ३१ वर्षिया ग्रिनर मस्को एयरपोर्टमा पक्राउ परेकी थिइन् । उनको सामानमा भांगको तेलसहित भ्याप क्यानिस्टरहरू फेला पारेपछि उनलाई पक्राउ गरिएको थियो ।
ग्रिनरले उक्त तेल चोटपटकको लागि प्रयोग गर्न डाक्टरबाट स्वीकृति पाएको र अनायासै आफूले सुटकेसमा प्याक गरेको बताएकी थिइन् । ओलम्पिकमा दुईपटक स्वर्ण विजेता ग्रिनर क्लब बास्केटबल खेल्न रुस आएकी थिइन् । अदालतको फैसलाविरुद्ध उनले पुनरावेदनका लागि अपील गर्नेछिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० साउन २०७९, ११ : २५
लेखकबाट थप