काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका कप्तान सेजर एज्पिलिक्वेटाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । उनले थप दुई वर्ष क्लबमा रहने गरी सम्झौता नवीकरण गरेका हुन् ।नयाँ सम्झौताअनुसार उनी सन् २०२४ सम्म स्टामफोर्ड ब्रिजमै रहने छन् । ३२ वर्षीय स्पेनिस डिफेन्डर सेजर सन् २०१२ मा फ्रेन्च क्लब मार्सेलीबाट चेल्सी आएका थिए ।
उनले क्लबका लागि ४७६ खेलमा १७ गोल गर्नुका साथै प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, लिग कप, यूईएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि जितेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० साउन २०७९, ११ : २२
लेखकबाट थप