काठमाडौं महानगरको बजेट निजी कम्पनीलाई

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, ११ : १३
काठमाडौं महानगरको बजेट निजी कम्पनीलाई

काठमाडौं ।  काठमाडौं महानगरले निजी कम्पनीलाई सिधै बजेट तथा कार्यक्रम दिन नमिल्ने भए पनि  मेयर बालेन शाहको दबाबमा यो कार्यक्रममा उक्त कम्पनीलाई बजेट दिइएको छ ।कार्यको नाममा उक्त बजेट छुट्याइएको हो। बजेटको शीर्षक तथा बजेट बिनियोजन गर्ने विभाग भने फरक देखिन्छ। 

महानगरको बजेटको क्रम संख्या ७६१ मा सम्पदा विभागअन्तर्गतको सामाजिक विकास क्षेत्रभित्रको उपक्षेत्र भाषा तथा संस्कृतिमा ‘नेपाल भिडियो क्रिएसन एण्ड मोर’ शीर्षकमा बजेट बिनियोजन गरिएको छ। २ लाख २५ हजार बजेट बिनियोजन गरिएको उक्त बजेटको शीर्षक भने कुनै कम्पनीको नामको रुपमा रहेको छ।
 बालबालिकाका लागि महानगरको जानकारीमूलक कार्टुन बनाउने भन्दै उक्त बजेट राखिएको हो। ‘मेयरकै सिफारिसमा राखेको हो। 

तर, बजेटको विवरण शिक्षासँग सम्बन्धित भएपनि बजेट बिनियोजन गरिएको विभाग तथा इकाइ भने फरक रहेको छ। 
बजेट पहिले नै सिफारिस भएर  आइसकेको थियो । 

प्रतिक्रिया दिनुहोस