काठमाडौं । अष्ट्रेलियामा सम्पन्न एनुअल चिफ्स अफ डिफेन्स सिएचओडी कन्फरेन्स २०२२ मा सहभागी भएर प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्किदैछन्। शर्मा आज साँझ काठमाडौं आइपुग्नेछन् ।
अष्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इण्डोप्यासिफिक कमाण्डद्वारा अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको सिएचओडी मा सहभागी हुन प्रधानसेनापति शर्मा गत साउन ७ गते अष्ट्रेलिया प्रस्थान गरेका थिए।
साउन ९ देखि ११ गतेसम्म भएको उक्त कन्फरेन्समा एशिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरूको उपस्थितिमा विद्यमान अन्तरराष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षहरूसहित सुरक्षाका विविध विषयमा छलफल भएको थियो।
कन्फरेन्समा सहभागी राष्ट्रका सेना प्रमुखहरूबीच पनि अन्तरराष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयमा छलफल तथा विचार आदानप्रदान भएको सैनिक मुख्यालयले जनाएको छ। उक्त कन्फरेन्समा सहभागी भएका शर्माले त्यसपछि अष्ट्रेलियमा उच्चस्तरीय भेटघाट गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० साउन २०७९, ११ : ०२
लेखकबाट थप