नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १० : ४७
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा पहिरो खस्दा गएराति २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

 जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लेदोसहितको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । एक हप्ताको अवधिमा यस क्षेत्रमा पटक(पटक पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ । बर्खाको समयमा नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस