सप्तकोसी पीडितलाई प्रदेश १ सरकारले पठायो थप राहात

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, ०८ : ५८
सप्तकोसी पीडितलाई प्रदेश १ सरकारले पठायो थप राहात

काठमाडौं । अविरल वर्षाका कारण सप्तकोसीमा आएको बाढीबाट पीडितका लागि प्रदेश १ सरकारले थप राहत सामग्री पठाएको छ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सप्तकोशी पीडितलाई राहत सामग्री पठाएको हो।  सप्तकोसी बुधबार पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका ५ वटा वडाको बस्तीमा पस्दा २५ सय घरपरिवार विस्थापित भएका थिए । 

मन्त्रालयले पीडितका लागि खाद्यान्नलगायत राहत सामग्री पठाइएको मन्त्री केदार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस