‘द भ्वाइस अफ नेपाल’ सिजन–४ मा दुई कोच परिवर्तन

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, २० : ३३
‘द भ्वाइस अफ नेपाल’ सिजन–४ मा दुई कोच परिवर्तन

काठमाडौँ  । द भ्वाइस अफ नेपाल सिजन–४ का लागि दुई निर्णायक (कोच) परिवर्तन गरिएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो।

परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी रहेका छन्। यसअघिका निर्णयक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाएका छन्। गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ। सिजन–४ को निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

डिजिटल अडिशनमा सहभागी भएका करिब ४१ हजार आवेदकमध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइण्ड अडिशनको तयारीमा रहेका छन्। अडिशनमा नेपालसहित विभिन्न देशमा बसोवास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागिता जनाएको आयोजकले जनाएको छ। भारत, थाइल्याण्ड, बर्मा, अस्ट्रेलिया र अमेरिका बासोवास गरिरहेका प्रतिभाहरुले पनि अडिसनमा सहभागीता जनाएको आयोजकको भनाइ छ।

कार्यक्रममा बोल्दै गायक राजेशपायल राईले कार्यक्रमले नयाँ प्रतिभाको खोजीमा जोड दिने बताए। त्यस्तै, गायिका प्रविशा अधिकारीले आफ्नो लागि यो चुनौतीको विषय भएको बताइन्। उनले वरिष्ठ कलाकारसँग बसेर निर्णय गर्नु आफैमा कठिन रहेको बताइन्।

तीन सिजनसम्म निर्णायक रहेका वरिष्ठ गायक दीप श्रेष्ठले भने यस सिजनमा विश्राम लिएका छन्। आगामी एक महिनाभित्र नै सिजन–४ को प्रशारण शुरु हुने आयोजकले जनाएको छ। शो हरेक शुक्रबार राति शनिबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ।

प्रतिक्रिया दिनुहोस