यु–२० टोली स्वदेश फर्कियो

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, १९ : १९
यु–२० टोली स्वदेश फर्कियो

काठमाडौँ । भारतमा आयोजना भएको यु–२० साफ च्याम्पियनसीपमा सहभागी भइ बिहीबार नेपाली युवा टोली स्वदेश फर्किएको छ। आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाएको प्रतियोगितामा सहभागी भएर नेपाल टोली स्वदेश फर्किएको हो।

प्रतियोगितामा चार खेल खेलेको नेपालले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो। उपाधिको लक्ष्यसहित भारत प्रस्थान गरेको टोलीले शुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरे पनि बाँकी दुई टोलीसँग अपेक्षाअनुसारको प्रदर्शन गर्न असफल भएको थियो।

कोरोनाका कारण उमेर समूहका खेल प्रभावित हुँदा खेलाडी खुला प्रतिष्पर्धाबाट छनोट गरिएको थियो। शुरुवाति दुई खेलमा सुखद् नतिजा निकाल्दा तारिफ पाएका प्रशिक्षक मेघराज केसीले भारतसँगको हारपछि आलोचित भएका थिए।

प्रतिक्रिया दिनुहोस