श्रीलंकाका दुई नेतालाई देश छाड्न प्रतिबन्ध लगाइएको समयावधिको म्याद थप

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, १४ : २२
श्रीलंकाका दुई नेतालाई देश छाड्न प्रतिबन्ध लगाइएको समयावधिको म्याद थप

 श्रीलंकाका दुई नेतालाई देश छाड्न प्रतिबन्ध लगाइएको समयावधिको म्याद थप गरिएको छ।सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व अर्थ मन्त्री बसिल राजपक्षेलाई प्रतिबन्ध लगाउने समयावधिको म्याद थप्ने आदेश दिएको हो। उनीहरुलाई आगामी अगस्ट ११ सम्म देश छाड्न नपाइने आदेश दिइएको समाचार जनाइएको छ। 

पूर्व राष्ट्रपति गोटावाय राजपक्षेले देश छाडेर भागेपछि अन्य नेताहरुलाई देश छाड्न प्रतिबन्ध लगाइएको हो। गोटावायलाई भने तत्कालीन सरकार र सेनाले नै देशबाट बाहिरिन सहयोग गरेका थिए। अदालतले यसअघि गत जुलाई २८ मा पनि अनुमति विना देश नछाड्न दुवै जनालाई आदेश दिएको थियो। 

यसैबीच अपराध अनुसन्धान विभागले मंगलबार तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ गरेका मध्ये एक जना १८ र एक जना २२ वर्षका रहेको खुलेको छ।  

श्रीलंकामा आर्थिक संकटका कारण राजनीतिक संकट पनि उत्पन्न भएको छ। आर्थिक संकटका कारण सुरु भएको आन्दोलनका कारण राजनीतिक उथलपुथल भएको छ। संकट समाधानका विभिन्न प्रयास भए पनि ठोस उपलब्ध भने हुन सकेको छैन। 

प्रतिक्रिया दिनुहोस