ताइवान आसपास सैन्य अभ्यास सुरु भएसंगै सात देशले भन्यो :  ‘चीनको कारबाहीले जोखिम बढायो’

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, ०८ : ३८
ताइवान आसपास सैन्य अभ्यास सुरु भएसंगै सात देशले भन्यो :  ‘चीनको कारबाहीले जोखिम बढायो’

एजेन्सी । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान छोडेपछि चीनले आजदेखि आसपासका क्षेत्रमा सैन्य कारबाही सुरु गरेको छ ।

ताइवानले आफ्नो आकाशमा २७ चिनियाँ लडाकु विमान प्रवेश गरिसकेको जनाएको छ । चीनले यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा हुने र यस अवधिमा ‘लामो दूरीको गोलाबारुद’ प्रहार गरिने जनाएको छ ।

ताइवानले यस अभ्यासबाट बच्न जहाजहरूलाई वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ । यससँगै छिमेकी मुलुक जापान र फिलिपिन्ससँग वैकल्पिक हवाई रुटका लागि पनि छलफल भइरहेको छ ।

चीनको चेतावनीको बाबजुद न्यान्सी पेलोसी मंगलबार ताइवान पुगिन् । उनी बुधबार ताइवानका राष्ट्रपति साइ इङ वेनलाई भेटेर अमेरिका प्रस्थान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस