काठमाडौं । सरकारले बिहीबार संघीय तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्को बैठक बस्दैछ । यद्यपि बैठक बस्ने समय भने तय भइसकेको छैन ।
बुधबार बसेको सत्ता गठबन्धनको बैठकले संघ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन आयोगले मंसिर ४ गतेका लागि चुनावको मिति तय गर्न दिएको सुझाव अनुसार मिति घोषणा हुने बताइएको छ ।
बुधवारको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत गठबन्धन दलका शीर्ष नेता सहभागी थिए । ५ दलीय गठबन्धनको अर्को बैठक शुक्रवार बिहान बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आचारसंहितामा कडाई गर्ने तयारी, यस्ता छन् नयाँ प्रस्तावित प्रावधान
निर्वाचन ७८ दिन बाँकीः १० वटा मात्रै झण्डा प्रयोग पाउने, कस्तो बन्यो आचारसंहिता ?
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन