काठमाडौं । सरकारले बिहीबार संघीय तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्को बैठक बस्दैछ । यद्यपि बैठक बस्ने समय भने तय भइसकेको छैन ।
बुधबार बसेको सत्ता गठबन्धनको बैठकले संघ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन आयोगले मंसिर ४ गतेका लागि चुनावको मिति तय गर्न दिएको सुझाव अनुसार मिति घोषणा हुने बताइएको छ ।
बुधवारको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत गठबन्धन दलका शीर्ष नेता सहभागी थिए । ५ दलीय गठबन्धनको अर्को बैठक शुक्रवार बिहान बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनसम्बन्धी संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि