बैतडी । सुदूरपश्चिम प्रदेशमा एकैदिन ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा पाँच सय ४६ जनाको परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सङ्क्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ३०, कैलालीका २१ र बैतडीका तीन जना रहेका छन् । तीमध्ये भारतबाट फर्किएका १५ जनामा सङ्क्रमण पुष्टि भएको हो । गड्डाचौकी नाकाबाट फर्किएका सात, गौरीफन्टाबाट छ र झुलाघाट नाकाबाट फर्किएका दुई जनामा सङ्क्रमण निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।
यस प्रदेशका भारतसँग सीमा जोडिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर नाकामै कोरोना परीक्षण कार्य जारी रहेको छ । सुदूरपश्चिममा हालसम्म पाँच लाख ६० हजार आठ सय ४९ जनाको कोरोना परीक्षण गरिएकामा ६० हजार ७१ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३३ जनाको ज्यान गइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, २१ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित