कोरोना अपडेट : थप ९१५ जनामा संक्रमण पुष्टि, ३०१ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, १६ : ३२
कोरोना अपडेट : थप ९१५ जनामा संक्रमण पुष्टि, ३०१ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ११ हजार ९६८ जनाले ज्यान गुमाएका छन्।

बुधबार ३०१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ४३३ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ३ हजार ९१ पीसीआर तथा २ हजार ९११ एन्टिजेन परीक्षण भएको छ।