कम्युनिष्ट पार्टीभित्र विचलन देखियो : विष्णु पौडेल

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, १५ : ३७
कम्युनिष्ट पार्टीभित्र विचलन देखियो : विष्णु पौडेल

बुटवल । एमालेका उपाध्यक्ष विष्णु पौडेलले पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र विचलन देखिएको बताएका छन्।

‘समृद्ध नेपाल सुखी नेपाली’को सपनाभित्र जीवराज आश्रितको दृष्टिकोण विषयक गोष्ठीमा नेता पौडेलले पद प्राप्ति नै सबैथोक हो भन्ने प्रवृत्ति कम्युनिष्ट पार्टीमा लागेकाहरूले त्याग्नुपर्ने बताए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै उनले पदका लागि नै शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन गरिएको दाबी गरे।

‘कम्युनिष्ट पार्टी विभाजित हुनुमा दलीय लालचा बाहेक अरु केही थिएन, शक्तिशाली अवस्थामा पुगेको कम्युनिष्ट पार्टीलाई पदका लागि विभाजन गर्नु दुर्भाग्यपूर्ण थियो,’ उनले भने।

उनले स्वर्गीय आश्रितबाट अहिलेका समकालीन नेताहरूले त्याग र र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी रहेको पनि बताए।

‘जीवराजका बहुआयामिक योगदान छन्, कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले उहाँबाट त्याग र विचारको राजनीति सिक्नुपर्छ, तबमात्रै कम्युनिष्ट पार्टीले लिएको लक्ष्य र उद्देश्य पूरा हुन्छ,’ उपाध्यक्ष पौडेलले भने।

प्रतिक्रिया दिनुहोस