नेपाल साफ यू–२० च्याम्पियनसिपबाट बाहिरियो

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, ०७ : ३९
नेपाल साफ यू–२० च्याम्पियनसिपबाट बाहिरियो

काठमाडौं । नेपाल  साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

भारतले माल्दिभ्समाथि जित निकाल्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो  । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले हरायो ।

यसअघि बंगलादेशसँग बराबरी खेल्दा फाइनलमा पुग्न नेपालको नतिजा भारत र माल्दिभ्सको खेलमा निर्भर थियो । भारत माल्दिभ्ससँग पराजित भएको भए फाइनलमा पुग्थ्यो ।  यससँगै  साविक विजेता भारत र बंगलादेशबीच फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस