म्याग्दी । अविरल बर्षाका कारण गएराती आएको पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका-२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।
घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता रहेका छन्।
प्रहरी नायब उपरीक्षक तिलक भारतीले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार सो पहिरोमा परेर घामबहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता अझै रहेको र स्थानीयाबसीले उनीहरुको खोजी जारी राखेका छन्।
प्रहरीका अनुसार स्थानीयबासीहरुले पुरिएको घरबाट दुईजनाको शव निकालेको र बेपत्ता भएकाहरुको खोजी गरिरहेको जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थलतर्फ हिँडिसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ साउन २०७९, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध