काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से १.१५ अंक (०.०५) प्रतिशतले वृद्धि भएर २१९६.२५ अंकमा बन्द भएको छ ।
दिनभर तीब्र उतारचढाव देखिएको बजारमा अधिकांश उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङसहित, हाइड्रोपावर, लगानी उत्पादनमुलक र व्यापार उपसूचक भने बढेको छ ।
व्यापार उपसूचकमा सर्वाधिक ३.५४ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक पनि ०.४ प्रतिशतले बढेको छ ।होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले गिरावट भएको छ । त्यस्तै विकास बैंक उपसूचक १.४५ प्रतिशतले घटेको छ ।
गत साता र आइतबार पनि बढेको बजारमा नाफा बुक गर्ने लगानीकर्ता र बजार बढ्ने आशामा प्रवेश गर्ने लगानीकताबीचको प्रतिस्पर्धाले नेप्सेमा दिनभर उतारचढाव देखिएको छ । जसले गर्दा कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ ।
सोमबार दिनभर नेप्सेमा १ करोड ५ लाख १८ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ७ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ३८ करोड ३१ लाख ११ हजार रुपैयाँको कारोबार हुँदा हिमालयन डिस्टिलरीको १६ करोड २७ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार दिनभर बजारमा १७९ कम्पनीको सेयर कारोबार भएकोमा ११५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५८ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्य स्थीर छ । सोमबार कारोबार भएकोमध्ये बुटवल पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ६.९५ प्रतिशतले वृद्धि हुँदा गुडविल फाइनान्सको सेयरमूल्य ६.२३ प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीको सेयरमूल्य ५.५७ प्रतिशतले बढेको छ ।
यता स्वाभिमान लघुवित्तको सेयरमूल्य ५.२१ प्रतिशतले गिरावट हुँदा स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयरमूल्य ४.७१ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ साउन २०७९, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार