काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको १५ प्रतिशत बोनस बापतको नौ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीको गत ३० पुसमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, ११ : ११
लेखकबाट थप