काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको दोस्रो दिनको बैठक शुरू भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट बैठक शुरू भएको हो ।
बैठक बिहीवारदेखि शुरू भएको थियो । दोस्रो दिनको बैठकमा पोलिटब्युरो चयनलाई निष्कर्षमा पुर्याउने र पार्टीको संगठनात्मक कामलाई कसरी अघि बढाउने बारे छलफल हुने बताइएको छ । यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पोलिटब्युरोको नाम प्रस्ताव गरेका थिए । तर, धेरै सदस्यले असहमति जनाएपछि उक्त विषय तत्काललाई थाँती राखिएको थियो ।
माओवादी केन्द्रको महाधिवेशन गत पुसमा सम्पन्न भएको थियो । महाधिवेशनबाट अपूरो केन्द्रीय कमिटी र अध्यक्षमा प्रचण्ड मात्र चयन भएका थिए । माओवादी केन्द्रले पोलिटब्युरो र पदाधिकारी चयन गर्न सकेको छैन । हालै बसेको केन्द्रीय कमिटी बैठकमा पदाधिकारी चयन गर्न प्रचण्डलाई दबाब दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै