गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेशसभा चौथो संशोधन नियमावली २०७९ बहुमतले पारित गरेको छ । बैठकमा मस्यौदा समितिका सभापति ओमकला गौतमले समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको चौथो संशोधन मस्यौदा पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो ।
संशोधन मस्यौदामा समितिको बैठकमा मन्त्रीको मताधिकार रहने सम्बन्धमा प्रतिपक्षी दल नेकपा (एमाले)ले फरक मत राखेको थियो । बैठकमा प्रदेशसभा सदस्य मायानाथ अधिकारीले मन्त्रीको मताधिकारका कारण समितिको बैठक प्रभावित हुने गरेको बताए ।
यसअघि मन्त्रीहरूको मताधिकार हुन नहुने विषयमा सबै एकमत जस्तै भएकामा सरकार फेरिएपछि एकमत कायम हुन नसकेको उनले बताए । मन्त्रालयको नाम, नक्सालगायतका विषयमा विवाद नरहेको उनले स्पष्ट पारे ।चौथो संशोधन मस्यौदामाथिको छलफलमा सदस्य सरिता गुरुङ, विनोद केसी, पियारी थापा, धनमाया पोखरेल लामा र राजीव पहारीले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १२ साउन २०७९, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह