काठमाडौंको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयले फेरि रोके

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, १२ : १०
काठमाडौंको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयले फेरि रोके

काठमाडौं । बञ्चरेडाँडाका स्थानीयवासीले काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी फेरि अवरोध गरेको छ ।

आज बिहानैदेखि काठमाडौंदेखि फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा स्थानीयले रोकेका हुन् । फोहोर बोकेर गएका ५० भन्दा बढी गाडी रोकेको काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले जानकारी दिए ।

एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर आजदेखि पुनःव्यवस्थापन हुने महानगरले जानएको थियो ।सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर उठ्न नसकेको महानगरको भनाइ थियो ।

बाटो मर्मतको काम सकिएकाले बिहीबार बिहान ६ बजेदेखि साविकबमोजिम नै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालद्वारा जारी सूचनामा भनिएको थियो ।

स्थानीयवासिन्दाले फोहोर बोकेको गाडी रोकेपछि एक सातापछि उठ्न सूरु भएको फोहोर फेरि उठ्नेमा शंका उत्पन्न भएको छ ।