मधेश प्रदेश : २ लाख ६४ हजार सवारीसाधन कारबाहीमा, २२ करोड ४४ लाख राजश्व संकलन

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, १२ : ०६
मधेश प्रदेश : २ लाख ६४ हजार सवारीसाधन कारबाहीमा, २२ करोड ४४ लाख राजश्व संकलन

बारा। मधेश प्रदेश ट्रफिक प्रहरी कार्यालय पथलैया बाराले आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड राजश्व संकलन गरेका छन् । मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड ४४ लाख ४० हजार ५०० राजश्व संकलन गरेको छ । जुन अघिल्लाे आर्थिक वर्षभन्दा १७.२ प्रतिशतले वृद्धि हो । यो रकम कार्यालयले अघिल्लाे आर्थिक वर्षभन्दा तीन करोड २८ लाख तीन हजार ५०० रुपैयाँले बढी राजश्व संकलन भएको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । 

मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७६/०७७ मा १२ करोड १६ लाख ६८ हजार ५०० रुपैया राजश्व संकलन गरेको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा १९ करोड १६ लाख ३७ हजार राजश्व संकलन गरेको थियो । 

मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको मातहातमा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले सबैभन्दा बढी राजश्व संकलन गरेको छ । मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको पछिलो तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७६/०७७ को तुलनामा दोब्बर राजश्व संकलन गर्न सफल भएको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले बताएको छ । 

त्यसैगरी मध्ये क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७८/२०७९ मा दुई लाख ६४ हजार ३१० वटा सवारी साधनहरू कारबाहीमा परेका थिए ।  आर्थिक वर्ष २०७८/०७९ को चैतदेखि असारसम्मको कारबाही सीसीटीभीसँगै जडान गरिएको राडर गनको प्रयोगमा तीव्र गति भएका सवारी साधन रहेका छन्, जसबाटमात्रै कारबाही र राजश्वमा २२५ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी आठ जिल्लामा सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले तीन करोड १७ लाख ६२ हजार र सबैभन्दा कम राजस्व संकलन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले एक करोड ७८ लाख ७० हजार ५०० मात्र राजश्व संकलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बारासमेत रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले  तीन करोड ७५ लाख ५६ हजार, सप्तरीले  दुई करोड १२ लाख ५१ हजार, धनुषाले एक करोड ९७ लाख ५७ हजार, महोत्तरीको दुई करोड ५३ लाख १९ हजार ५००, सर्लाहीले दुई करोड १६ लाख ३४ हजार ५००, बाराले दुई करोड ४५ लाख ६८ हजार र पर्साले दुई करोड ८५ लाख २१ हजार ५०० राजश्व संकलन गरेका ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख गरिएको छ ।

सो कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा दुई लाख ५९ हजार १८८ वटा सवारीसाधनबाट १९ करोड १६ लाख ३७ हजार राजश्व संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस