स्वास्थ्य क्षेत्रको अनुसन्धान प्रभावकारी रुपमा हुनुपर्छ : स्वास्थ्यमन्त्री खापुङ

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, १५ : ५४
स्वास्थ्य क्षेत्रको अनुसन्धान प्रभावकारी रुपमा हुनुपर्छ : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले प्रभावकारी रुपमा स्वास्थ्य अनुसन्धान हुनुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री खापुङले स्वास्थ्य क्षेत्रको अनुसन्धानमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका हुन् । 

उनले परिषद्को कर्मचारी विनियमावली समस्या सम्बोधन गर्न पहल गर्ने सो क्रममा बताए । उनले भने, ‘परिषद्को कर्मचारी प्रशासन सम्बन्धि विनियमावली ४ वर्षदेखि अलमलिएको छ । यो विषयमा अर्थ मन्त्रालयसँग छलफल गरी समाधान दिन प्रयत्न गर्छौ ।’ मन्त्री खापुङले स्वास्थ्य क्षेत्रको अनुसन्धान आम नागरिकसँग पनि जोडिएको बताए । 

यस्तै, स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नवीनतम ज्ञान प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस