डिश होमले गर्यो आईपी टिभीको सेवा शुभारम्भ

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, ११ : ३९
डिश होमले गर्यो आईपी  टिभीको सेवा शुभारम्भ

काठमाडौं । इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरि रहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले  आईपी  टिभीको सेवा शुभारम्भ गरेको छ ।

डिश होम आई टिभीको नाममा यो सेवाको सुरुवात भएको जानकारी दिन पाउँदा हाम्रो ग्राहकहरुले डिटिएचलाई जस्तै साथ र मायका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनुहुनेछ भन्नेमा कम्पनीले डिश होम विश्वास लिएको जनाएकाे   छ । 

डिश होम अनसार  नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ बर्ष देखि पे टिभी इन्ड्रस्ट्रिमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको छ । २०६७ सालमा होम टिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसंग मर्जर गरि डिश होम नाममा आफ्नो सेवा लाई संचालनमा ल्याएको थियो । नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर सञ्चारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिश होमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय बिक्रि पछिको सेवा पनि प्रदान गर्दै आएको सबैमा सर्वविदितै रहेको समेत डिश होमले उपलब्ध गराएको समाचारमा उल्लेख छ ।

पे टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेट र्वकले आफ्नो व्यवसाय लाई विस्तार संगै अन्य सेवा प्रदायक भन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, इन्टरनेट Terrestrial (T2)   टिभी र आईपी टिभीमा समेत आफ्नो सेवा लाई विस्तार गरेको छ ।

ग्राहकहरुको मन जित्न सफल इन्टरनेट सेवा डिश होम फाइवरनेट, सवै भन्दा वढी सन्तुष्ट ग्राहक र ठुलो नेटवर्क रहेको केवल टिभी नेटवर्क सिम टिभी, र तार रहित Terrestrial (T2)  टिभी मार्फत ग्राहकहरु लाई आफ्नो सेवा प्रदान गरिरहेको छ । 

DTH र Terrestrial (T2)   भन्दा फरक प्रविधि  Internet Protocol based यो IP रमाइलो Shorts  टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिज जस्ता डिश होमका  विशेष च्यानलहरु लगायत २०० भन्दा बढि टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा वढि विभिन्न सामग्रीहरु, Video on Demand, Catch- up TV/Start-over TV, Youtube, TikTok , लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलव्ध रहेकोछ । IP टिभी Set Top   को निम्न  Specificationनिम्न रहेको  डिसहोमले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस