लमजुङ, कालिकोट र बागलुङका तीन वटा सडक खण्ड अवरुद्ध

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, १४ : ३७
लमजुङ, कालिकोट र बागलुङका तीन वटा सडक खण्ड अवरुद्ध

काठमाडौं  अविरल वर्षासँगै आएको पहिरोका कारण लमजुङ, कालिकोट र बागलुङका तीन वटा सडक खण्ड अवरुद्ध भएका छन् ।

लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा मंगलबार बिहान पहिरो जाँदा डुम्रे–बेसिशहर सडक खण्ड अवरुद्ध भएको छ ।अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

कालिकोटको खाडाचक्र नगरपालिका–२ जितेस्थित कर्णाली राजमार्गमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ ।अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

बागलुङको बागलुङ नगरपालिका–१० डब्ल्याङस्थित कालिगण्डकी कोरिडोर सडकमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । प्रहरी चौकी मालढुङगाबाट खटिएको प्रहरीले अवरुद्ध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस