चलचित्र ‘यो पागल मन’ को ट्रेलर सार्वजनिक

बुधबार, २३ जेठ २०७५, १७ : २८

काठमाडौैं । ‘यो पागल मन’ चलचित्रको ट्रेलर सार्बजनिक गरिएको छ । मंगलबार साँझ दलरबारमार्ग स्थित राइजिङ मलको क्युज चलचित्र भवनमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । कल्याण अधिकारी निर्देशित चलचित्रलाइ बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर बनाएका हुन् ।

लब स्टोरी जनरामा बनेको चलचित्रमा बिनोद न्यौपाने, िरचा सिंह ठकुरी, गौरी मल्ल,राजेश ढुंगाना,मनिष भण्डारी,बिशाल श्रेष्ठ,एनी कुँवर लगायतको अभिनय रहेको छ ।

अर्जुन पोखरेलको संगीत ,शम्भु सापकोटाको छायाँकन, अनिल गौतमको सम्पादन रहेको चलचित्रका भोमन कटुवाल मुख्य सहायक निर्देशन हुन् ।

कमल राइको कोरियोग्राफी रहेको चलचित्रमा द्वन्द निर्देशन राजु किरांतको रहेको छ भने सामिप्यराज तिमल्सिनाको पटकथा सम्बाद छ । २९ असारबाट चलचित्र सार्बजनिक प्रदर्शनमा आउने निर्माण युनिटले कार्यक्रममा जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस