अध्यानका लागि विदेश जाने विद्यार्थीहरुलाई विशेष छुट अफर ल्याउदै 'सेन्ट्रल कलेज'

प्रकाश सिग्देल

सोमबार, ०९ साउन २०७९, २० : ४१
अध्यानका लागि विदेश जाने विद्यार्थीहरुलाई विशेष छुट अफर ल्याउदै 'सेन्ट्रल कलेज'

चितवन । चितवन सहित देशका धेरै सहरमा आफनो शाखा बिस्तार गरेको यो संस्थाले शैक्षिक परामर्श संगै सामाजिक क्षेत्रमा निकै राम्रा र उदाहरणिय काम गरेको छ । अध्यानका लागी विदेस जान चाहाने चितवन र आसपासका जिल्लाका विद्यार्थीहरुको प्रमुख रोजाईमा सेन्ट्रल कलेज रहेको छ । ब्यापार भन्दा पनि सेवा र सामाजिक हितमा केन्द्रीत संस्था भएकै कारण जिल्लाका हरेक संघ संस्था र सरकारी निकायले सेन्ट्रल कलेज संग समन्वय गरी सामाजिक बिकासका कामहरु गरिरहेका छन् ।

 कलेजले अष्टेलिया, क्यानडा, युके, युएसए, न्युजरल्याड, भारत युरोप, दक्षिण कोरीया लगाएतका देशमा बिद्यार्थी अध्यानका लागी शैक्षिक परामर्श र अन्य भिजा प्रोसेसिङका काम गर्दै आएको छ ।

अहिले जापान जान चाहाने दलित जनजाती र पछाडी परेका समुदायलाई  विशेष छुट दिने  घोषणा गरेको छ । त्यस्तै महिला विद्यार्थी र बाहीरी जिल्लाबाट चितवन, नवलपुरमा आएर डेरा गरी बस्ने बिद्यार्थीलाई पनि सहुलियत प्रदान गरिएको कलेजका प्रिन्सिपल पौडेलले बताए । भरतपुरमा पत्रकार सम्मेलन गर्दै  प्रिन्सिपल पौडेलले यस्तो बताएका हुन । कलेजले आर्थीक अवस्था कम भएका बिद्यार्थीहरुलाई मध्यनजर गर्दै बिदेशका थोरै शुल्क लिने गुणस्तरिय र  छात्रवृति प्रदान गर्ने कलेजहरुमा पठाउन जोड गर्ने बताए ।  यो कलेजले सामाजिक क्षेत्रमा धेरै काम गरेको उनको भनाई छ । कलेजले जापानको नागोया सिटिमा सम्पर्क कार्यालय खोलेको छ भने एक महनिा भित्र टोकियो,ओसाका र फुकुवामा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिरहेको छ ।  सेन्ट्रल कलेज चितवनले चितवन जिल्ला फुटवल संघ संग समन्वय गरेर चितवन जिल्ला र आसपासका जिल्लामा खेलाडीको क्षमता विकासका लागी कामहरु गरिरहेको छ । शनिबार मात्रै जिल्ला फुटवल संघ संग चितवन र नवलपुर संग मिलेर १०० भन्दा बढि फुटवल क्ल्वसंग अन्तरक्रिया र परिचयात्मक कार्यक्रम संगै उनिहरुका लागी प्रतिकल्व २ वटा फुटवल वितरण गरेको छ ।

 सेन्ट्रल कलेजले लगानी गरेर राष्ट्रियस्तरको खेल खेल्न समेत खेलाडी पठाएको छ ।  फुटवल संगै कलेज लेवलका बिद्यार्थीलाई कुलतबाट जोगाउन बिद्यालयमा सचेतना कार्यक्रम, ट्राफिक संग समन्वय गरि ट्राफिक सचेतनाका कार्यक्रम, लगाएत अरु धेरै कार्यक्रमहरु कलेजले गरेको पौडेलको भनाई छ । सेन्ट्रल कलेज चितवनले आफनो सामाजिक उत्तरदायित्व अन्त्रगत हरेक दिन रचनात्मक र नयाँ कार्यक्रमहरु समाजमा लाने गरेको छ । चितवनको निकै पुरानो र सबैमाझ लोकप्रिय र बिद्यार्थीको प्रमुख रोजाईको शैक्षिक परामर्श दिने संस्थाका रुपमा सेन्ट्रल कलेज रहेको छ । 

२०१० सालमा दर्ता भएर संचालन भएको कलेजले शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त गरेर सुरुवातका दिनमा होटल, इलेक्ट्रोनिक्स, कम्प्युटर लगायतका तालिम समेत प्रदान गर्ने गरेको थियो । विद्यार्थीलाई तालिम दिने, भाषा पढाउने र अध्ययनका लागि विदेश जानेहरुका लागि परामर्श र भिजा प्रोसेसिङका काम गर्ने उद्देश्यले कलेज स्थापना भएको पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस