काठमाडौँ । नेकपा (एमाले) का नेता तथा सांसद महेश बस्नेतले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्ने बताएका छन्।सोमबार भक्तपुरको सुर्यविनायकमा बीउबिजन, विषादीसम्बन्धी एग्रोभेट उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले कृषि क्षेत्रमा शिक्षित र युवा पुस्ताहरुले लगानी गर्नुपर्ने बताएका हुन्।
उनले युवापुस्ता र नयाँ उद्यमीहरुले लगानी नगरेसम्म कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न नसकिने बताए। कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नु आवश्यक रहेको उनको भनाइ छ।
कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ७० प्रतिशत पुर्याउनुपर्ने उनको भनाइ छ। उनले भने, ‘म के अनुरोध गर्न चाहन्छु भने नयाँ पुस्ता, पढेलेखेका युवापुस्ता र लगानी गर्नसक्ने नयाँ उद्यमीहरुले कृषि क्षेत्रमा लगानी नगरेसम्म हामीले कृषिलाई उद्योगको रुपमा परिणत गर्न सक्दैनौँ। ६० प्रतिशत जनताले काम गर्ने क्षेत्रको जम्मा २५ प्रतिशत मात्रै जिडिपीमा योगदान छ। यो भनेको हाम्रो लागि घाटा हो। ६० प्रतिशत जनताले त्यसमा मेहनत गरेपछि कमसेकम जिडिपीमा त्यसले ७०/८० प्रतिशत योगदान दिनुपर्छ। त्यसो गर्यो भने मात्रै हाम्रा जनताको लगानी अथवा मिहेनत उपयोग भएको देखिन्छ।’
उनले कालिमाटीको तरकारी बजार विस्थापन गर्ने पूर्ववर्ती सरकारको निर्णय हालसम्म कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले कालिमाटीको तरकारी बजारलाई यथास्थितिमा राख्नका लागि चलखेल भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा एमाले नेता महेश बस्नेतविरूद्ध प्रदर्शन
नेविसंघका जिल्ला नेताले गरेका थिए महेश बस्नेतलाई आक्रमण प्रयास
विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक : महेश बस्नेत
एमाले नेता महेश बस्नेत सवार गाडीमा रातो छ्यापियो
‘नेसनल भोलेन्टियर फोर्स’ पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन : महेश बस्नेत
सिमरा जान रोकिएपछि महेश बस्नेतको आरोप : ‘जेन जेडको नाममा विभिन्न दलले अराजक भिड उतारे’