कोरोना अपडेट : थप ५६८ जनामा संक्रमण पुष्टि, एकजनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०९ साउन २०७९, १७ : १२
कोरोना अपडेट : थप ५६८ जनामा संक्रमण पुष्टि, एकजनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५७ पुगेको छ।

सोमबार ९५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार ५३४ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ३ हजार ८४ पीसीआर तथा १ हजार ७१६ एन्टिजेन परीक्षण भएको छ।