एक वर्षमा भित्रिए १८ सय विद्युतीय गाडी

सफल खबर संवाददाता

सोमबार, ०९ साउन २०७९, १४ : ५५
एक वर्षमा भित्रिए १८ सय विद्युतीय गाडी

काठमाडौं । गत आर्थिक वर्षमा १ हजार ८०५ वटा विद्युतीय (इलेक्ट्रिक ) चारपांग्रे गाडी नेपालमा भित्रिएका छन् । तर, यो वर्ष बजारमा विद्युतीय गाडीको उच्च दरमा माग बढे पनि पर्याप्त आपूर्ति हुन सकेन ।

यो वर्ष अन्य वर्षको तुलनामा धेरै आयात भएको हो । गत सिंगो आर्थिक वर्ष २०७७/७८ मा २६१ वटा विद्युतीय कार/जीप भ्यान आयात भएको थियो ।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार पर्याप्त अनुसार आपूर्ति हुन नसके पछि कतिपय ब्रान्डका ग्राहकलाई बुकिङ पछि ६ महिनाभन्दा बढी पर्खिनुपर्ने बाध्यता छ । मागअनुसार आयात हुन नसके पनि गत वर्षकोभन्दा उच्च दरमा बढेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा विद्युतीय सवारी आयातको उच्च दरमा बढेको छ । तर, उत्पादक तथा वितरक कम्पनीहरुले मागअनुसार गाडी आपूर्ति गर्न सकिरहेका भने छैनन् ।

प्रतिक्रिया दिनुहोस