काठमाडौं । राष्ट्रियसभाबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको सोमबार बसेको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए ।
प्रस्तावको पक्ष र विपक्षमा ध्वनि मत विभाजन गर्दा प्रस्तावको पक्षमा सबैजसो सांसदले ‘हुन्छ’ भनेका थिए । ‘हुँदैन’ भन्ने पक्षमा आवाज नआएको भन्दै अध्यक्ष तिमिल्सिनाले प्रस्ताव पारित भएको घोषणा गरे । त्यसअघि राष्ट्रियसभामा उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल भएको थियो । छलफलमा उठेका प्रश्नका सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएपछि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने
राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने
राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल
राष्ट्रियसभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने
राष्ट्रियसभा बैठक बस्दै
प्रधानमन्त्रीविरुद्ध राष्ट्रियसभामा नाराबाजी, बैठक स्थगित