कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

सफल खबर संवाददाता

सोमबार, ०९ साउन २०७९, १२ : ४२
कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

काठमाडौं । कर्णाली प्रदेश सभाको बैठक आज (सोमबार) बस्ने भएको छ । करिब एक सातासम्म स्थगित भएको प्रदेश सभाको बैठक सोमबार दिउँसो ३ बजे बस्ने भएको सभामुख राजबहादुर शाहीले जानकारी दिए। गत साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै सत्ता गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्र बैठकबाट बाहिरिएको थियो ।

त्यस्तै साउन ४ गते सर्वदलीय बैठक पनि बिनानिष्कर्ष टुङ्गिएको थियो । बैठकमा केही टुङ्गो नलागेपछि सभामुख शाहीले सत्ता गठबन्धन दलभित्र समस्या हल गर्न सुझाव दिएका थिए । त्यस्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले संसद अवरोध हटाउन सहमति र सहकार्य अपरिहार्य रहेको बताए ।

उता नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णा शाहले गठबन्धन दलभित्रको छलफल सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस