राप्ती हाइड्रोको आइपीओ बाँडफाँड

सफल खबर संवाददाता

सोमबार, ०९ साउन २०७९, ११ : ११
राप्ती हाइड्रोको आइपीओ बाँडफाँड

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । उक्त आइपीओको बाँडफाँड आज बिहान निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड भएको छ । भाग्यमानी २ लाख १७ हजार ६ सय ९४ जना लगानीकर्ताहरूले १० कित्ता शेयर प्राप्त गरेका छन् भने बाँकी १३ लाख २० हजार ९ सय ९४ जना लगानीकर्ताको भने हात खाली भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ करोड ६६ लाख बराबरको २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २१ लाख ७६ हजार ९४० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३८ हजार ६ सय ८८ जना लगानीकर्ताहरूले १ अर्ब ७२ करोड ६५ लाख १५ हजार रूपैयाँ बराबरको १ करोड ७२ लाख ६५ हजार १ सय ५० कित्ताका लागि आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस