काठमाडाैँ।ललितपुरको बालकुमारी खरीबोटमा आज बिहान जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनामा परी एक युवती घाइते भएकी छिन्।
दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक चितवन घर भई ललितपुरकै झम्सीखेल बस्ने २३ वर्षीया रेखा मगरको उपचारका क्रममा बिएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो।घाइते भएकी स्कुटरमा सवार ललितपुर धोबीघाट बस्ने २३ वर्षीया सकुन्तला घर्तीको सोही अस्पतालमा उपचार भइरहेको छ।
ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा ४५ प १३४५ नम्बरको स्कुटरलाई आज बिहान सवा ३ बजे नम्बर नखुलेको जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ।दुर्घटनापश्चात् जीपसहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, ११ : ०२
लेखकबाट थप