मंकीपक्सबाट ७० बढी देशमा फैंलियो, १६ हजार संक्रमित, हालसम्म ५ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०९ साउन २०७९, ०८ : ४५
मंकीपक्सबाट ७० बढी देशमा फैंलियो, १६ हजार संक्रमित, हालसम्म ५ जनाको मृत्यु

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले ७० भन्दा बढी देशमा १६ हजार भन्दा बढी मंकीपक्स भाइरसको संक्रमण देखिएको बताएका छन्।

यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ। डब्ल्युएचओले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। डा.टेड्रोसका  अनुसार आपतकालीन समितिमा मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने बारेमा सुरुमा एकमत हुन सकेको थिएन।

तर, उनले यो प्रकोप विश्वभर द्रुत गतिमा फैलिएको र यो वास्तवमै अन्तर्राष्ट्रिय चासोको विषय भएको निर्णय गरिएको बताएका थिए।मंकीपक्सबाहेक अहिले कोभिड र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपतकाल लागू छ।

मंकीपक्स भाइरसका कारण यो रोग लाग्छ। यो भाइस पहिलो पटक सन् १९५० मा मध्यअफ्रिकामा देखा परेको थियो।

प्रतिक्रिया दिनुहोस