सशस्त्र समूहबीच झडप हुँदा १६ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, १५ : ५२
सशस्त्र समूहबीच झडप हुँदा १६ जनाको मृत्यु

काठमाडौँ  । बिहीबार राति त्रिपोलीका विभिन्न भागमा दुई प्रतिद्वन्द्वी सशस्त्र समूहबीच भएका भीषण झडपमा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ।

दोहोरो भिडन्तमा ५२ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। घाइते सबैको यहाँका सार्वजनिक र निजी अस्पतालमा उपचार भइरहेको छ। लिबियाका लागि संयुक्त राष्ट्रसंघीय मिशन (युएनएसएमआइएल)ले उक्त द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै सबै लिबियालीलाई संवेदनशील परिस्थितिमा देशको स्थायित्व जोगाउने हरसम्भव काम गर्न आह्वान गरेको छ।

 सन् २०११ मा कर्नल गद्दाफीको शासन पतन भएपछि लिबियामा हिंसा बढिरहेका छन्।

प्रतिक्रिया दिनुहोस