काठमाडौँ । कल सेन्टरबाट सर्वसाधारण ठगी गरेको आरोपमा रूपन्देही प्रहरीले तिलोत्तमाबाट ७ सञ्चालकसहित डेढ सय युवायुवतीलाई नियन्त्रणमा लिएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाइ ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
सो कल सेन्टरमा अवैध काम हुने गरेको सूचनाका आधारमा छापा मारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए।३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाइ ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
चिनियाँ र भारतीय नागरिकसमेतको लगानी रहेको प्रहरीको अनुमान छ। सो कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, १५ : ४८
लेखकबाट थप