स्वास्थ्य बीमा कार्यक्रममार्फत् सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नभएको भन्दै सरकारी अस्पतालले नै उक्त कार्यक्रम स्थगित गरेको आरोप

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, १५ : १४
स्वास्थ्य बीमा कार्यक्रममार्फत् सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नभएको भन्दै सरकारी अस्पतालले नै उक्त कार्यक्रम स्थगित गरेको आरोप

काठमाडौँ  । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले स्वास्थ्य बीमा कार्यक्रममार्फत् सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नभएको भन्दै सरकारी अस्पतालले नै उक्त कार्यक्रम स्थगित गरेको बताएकी छन्। प्रतिनिधि सभाको बैठकको विषेश समयमा बोल्दै सांसद संग्रौलाले स्वास्थ्य बीमा सम्बन्धी उत्पन्न भएको समस्या गम्भीर रहेको भन्दै तत्काल समाधान गर्न सरकारसँग माग गरेकी हुन्। 

उनले २०७२ साल चैत्र २५ गते कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल ७७ जिल्लाको ७४६ जिल्लामा लागू भएको बताइन्।स्वास्थ्य बीमा बोर्डको तथ्यांकलाई उदृत गर्दै उनले हालसम्म साढे १७ लाख मान्छेहरु त्यसमा आबद्ध भएको उनले उल्लेख गरिन्। उनले सरकारले नै अलमल गर्दा लोकप्रिय कार्यक्रमको रुपमा रहेको स्वास्थ्य बीमामाथि प्रश्न उठ्न थालेको भन्दै ध्यानाकर्षण गराइन्। 

स्वास्थ्य संस्थाहरुको मानवीय तथा प्राविधिक क्षमता बढाएर आम जनतालाई भरपर्दो सेवा उपलब्ध गराउन सरकारसँग उनको माग छ। निजी बीमा कम्पनी र निजी स्वास्थ्य संस्थाले मुनाफामा मात्रै आँखा लगाइरहेको भन्दै सांसद संग्रौलाले जोखिमका बेला राज्यले व्यहोर्नुपर्ने र तर मुनाफा भने निजी कम्पनीले मात्र कमाउने मोडेलमा जान नहुने बताइन्। 
निजी अस्पतालमा आम नागरिकहरको पहुँच नभएको बताउँदै सरकारी अस्पतालको गुणस्तर सुधार गर्न उनले सरकारको ध्यानाकर्षण गराएकी छन्। 

प्रतिक्रिया दिनुहोस