काठमाडौँ । झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर ३ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ ६ बजेबाट हराएका झापा कमल गाउँपालिका–४ बस्ने शंकरदेव श्रेष्ठ शनिबार बिहान माछा पोखरीमा मृत अवस्थामा फेला परेका थिए। श्रेष्ठ मृत फेला परेको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी खटी गई अनुसन्धान कार्य भइरहेको छ।
त्यसैगरी मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथान बस्ने दिलीप सुतियारका ३ वर्षीय छोरा राहुल सुतियार शनिबार दिउँसो ५ बजे घरबाट हराएका थिए । आफन्तहरूले घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी उपचारको लागी रंगेली अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
यस्तै झापाको मेचीनगर नगरपालिका–१२ धाइजन का ७३ वर्षीय डम्बरबहादुर गुरुङ शनिबार बिहान ९ बजे घर नजिकै खेतमा लडी अचानक टाउको खेतको हिलोमा डुबुी मृत्यु हो। खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, १३ : ०३
लेखकबाट थप