काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । यस्तै, सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।
गत साताको बिहीबार तोलामा ९३ हजार रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार ९४ हजार रुपैयाँ पुगेको थियो । एकैदिन एक हजारले बढेको सुनको मूल्य पुनः ५०० रुपैयाँले बढेको हो । यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ ।
यसका साथै आज चाँदीको मूल्य १० रुपैयाँले घटेको हो । महासंघका अनुसार शुक्रबार ११ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुन
तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?