नाफाको ३३ प्रतिशत रकम खेल क्षेत्रको विकासमा लगानी गर्दै सेन्ट्रल कलेज

प्रकाश सिग्देल

आइतबार, ०८ साउन २०७९, ११ : ०६
नाफाको ३३ प्रतिशत रकम खेल क्षेत्रको विकासमा लगानी गर्दै सेन्ट्रल कलेज

चितवन । सेन्ट्रल कलेज चितवनले ब्यवसायबाट भएको नाफाको ३३ प्रतिशत रकम सामाजिक हितमा लगानी गर्ने गरेको छ ।उच्च शिक्षा अध्ययनका लागि जापान अमेरीका , क्यानडा र अष्टेलिया जान चाहाने बिद्यार्थीहरुको प्रमुख रोजाईको शैक्षिक परामर्श दिने संस्था हो सेन्ट्रल कलेज चितवन  । चितवन सहित देशैभरी आफनो शाखा विस्तार गरेको यो संस्थाले शैक्षिक परामर्श संगै सामाजिक क्षेत्रमा निकै राम्रा र उदाहरणिय काम गरेको छ ।

अध्यनका लागि बिदेश जान चाहाने  चितवन र आसपासका जिल्लाका बिद्यार्थीहरुको प्रमुख रोजाईमा सेन्ट्रल कलेज रहेको छ । ब्यापार भन्दा पनि सेवा र सामाजिक हितमा केन्द्रीत संस्था भएकै कारण जिल्लाका हरेक संघ संस्था र सरकारी निकायले सेन्ट्रल कलेज संग समन्वय गरि सामाजिक विकासका कामहरु गरिरहेका छन् । सेन्ट्रल कलेज चितवनले नवलपुर जिल्ला खेलकुद विकास समिति र फुटवल संघ संग समन्वय गरेर जिल्ला र आसपासका जिल्लामा खेलाडीको क्षमता विकासका लागी कामहरु गरिरहेको छ । शनिबार मात्रै जिल्ला फुटवल संघ संग मिलेर ४०  भन्दा बढि फुटवल क्लव संग अन्तरक्रिया र परिचयात्मक कार्यक्रम संगै उनिहरुका लागी प्रतिकल्व १ वटा फुटवल तथा भलिवल वितरण गरेको छ । नवलपुर जिल्ला फुटवल संघका अध्यक्ष सेत बहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४०  बढि फुटवल कल्वका १०० बढि खेलाडीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि फुटलव कल्वका पदाधिकारीहरुले सेन्ट्रल कलेजले फुटवल खेलाडीको हितमा निकै ठुलो सहयोग गरेको बताएका थिए । उनिहरुले आगामी दिनमा जिल्लामा कल्वले खेलाउने खेलहरुमा आवस्यक सहयोग गर्न आग्रह समेत आग्रह गरे ।   

उनिहरुले  बिदेश जान चाहाने आफना भाई बहिनी तथा छिमेकीहरुका लागि सेन्ट्रल कलेजनै प्रमुख रोजाईको शिक्षालय रहेको र आफुहरुले पनि सेन्ट्रल कलेजलाईनै सिफारिस गर्दै आएका बताएका थिए । कलेजको शाखा कावासोती थानाचोकमा रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि  जिल्ला फुटवल संघका अध्यक्ष सेत बहादुर पुनले बिगतमा पनि सेन्ट्रल कलेजले जिल्ला फुटवल संघ संग मिलेर जिल्लमा फुटवल र फुटवल खेलाडीको बिकासमा धेरै काम गरेको र अब झन जिल्लाका सबै फुटवल कल्व संग सेन्ट्रल कलेजले समन्वय गर्न लागेकोमा आभार प्रकट गरे । जिल्लाका कल्वहरुलाई सेन्ट्रल कलेजले ५ हजार देखी ८ लाख सम्म लगानी गरेर खेलाडीको बिकासमा काम गरेको बताए।

उच्च शिक्षाका लागी बिदेश जान चाहाने बिद्यार्थीका लागी चितवन नवलपुर जिल्लामा एक मात्र स्तरिय र बिश्वास योग्य शिक्षालय सेन्ट्रल कलेज भएकाले आफना गाउँ टोलमा आफना दाजु भाई दिदि बहिनि उच्च शिक्षाका लागी, जापान, अमेरिका अष्टेलिया जान चाहेमा सेन्ट्रल कलेजलाईनै सिफारिस गर्न उनले सबै खेलाडीहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ बिलास पोडेल वाई बिले आफुले, चितवन जिल्ला र नवलपुर जिल्लामा खेलको बिकासमा निकै धेरै लगानी गरेको बताए ।

आफ्नो कलेजबाट बिदेश पढ्न जाने बिद्यार्थीबाट भएको कमाईको नाफाको ३३ प्रतिशत रकम आफुले खेलक्षेत्रको बिकासमा खर्च गर्ने गरेको पौडेलको भनाई थियो । चितवनमा बिगत ४ वर्ष देखि खेलक्षेत्रमा लगानी गर्न थालेको र जिल्लामा हुने ९० प्रतिशत खेलमा सेन्ट्रल कलेज सहभागी हुँदै आएको पौडेलको भनाई थियो । नवलपुरमा पनि  १ वर्षमा ९ वटा भन्दा बढि खेलमा कलेज सहभागी भएको बताउदै पौडेलले नवलपुरमा हुने हरेक फुटवल तथा भलिवल खेलमा कलेज सहभागी हुन चाहेको बताउनु भयो । आफुले नवलपुरका कल्वहरुको बिकासका लागी ५ हजार देखि ८ लाख सम्म कल्व र खेललाई सहयोग गरेको पौडेलको भनाई थियो । सेन्ट्रल कलेज २८ बिगाहा फुटवल कल्वका लागी बार्षीक रुपमा सम्झौता गरेर काम गरेको उहाँको भनाई थियो । कलेजले ४ वटा कल्वलाई वार्षिक सम्झौता गरेर लाखौँ लगानी गरेको पौडेलले बताए ।

सेन्ट्रल कलेजले लगानी गरेर राष्ट्रिय स्तरको खेल खेल्न समेत खेलाडी पठाएको उनको भनाइ थियो । फुटवल संगै कलेज लेवलका बिद्यार्थीलाई कुलतबाट जोगाउन बिद्यालयमा सचेतना कार्यक्रम, ट्राफिक संग समन्वय गरि ट्राफिक सचेतनाका कार्यक्रम, लियो तथा लायन्सकल्व संग मिलेर सामाजिक सचेतनाका कार्यक्रम लगाएत अरु धेरै कार्यक्रमहरु कलेजले गरेको पौडेलको भनाई छ । सेन्ट्रल कलेज चितवनले आफनो सामाजिक दायित्व अन्त्रगत हरेक दिन रचनात्मक र नयाँ कार्यक्रमहरु समाजमा लाने गरेको छ । चितवनको निकै पुरानो र सबैमाझ लोकप्रिय र बिधार्थीको प्रमुख रोजाईको शैक्षिक परामर्श दिने संस्थाका रुपमा सेन्ट्रल कलेज रहेको छ ।

कावासोति १२ का वडा अध्यक्ष  दिपेश खनालले सेन्ट्रल कलेजले नवलपुर क्षेत्रमा खेलको बिकासमा धेरै ठुलो लगानी गरेको बताए । उनले आगामी दिनमा पनि धेरै अपेक्षा कलेजबाट गरेको बताउनु भयो । जिल्ला खेलकुद विकास समिति नवलपुर अध्यक्ष तथा जिल्ला फुटवल संघ अध्यक्ष सेत बहादुर पुनकोको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 

प्रतिक्रिया दिनुहोस