कोरोना अपडेट : थप ३३५ जनामा संक्रमण पुष्टि, ८६ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शनिबार, ०७ साउन २०७९, १६ : ४९
कोरोना अपडेट : थप ३३५ जनामा संक्रमण पुष्टि, ८६ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ५५४ जनाले ज्यान गुमाएका छन्।

शनिबार ८६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ९७१ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर १ हजार ८८  पीसीआर तथा १ हजार ९०८ एन्टिजेन परीक्षण भएको छ।