५० बढि फुटवल क्लव लाई सेन्ट्रल कलेजले गर्यो सहयोग

'उच्च शिक्षा अध्ययनका लागि जाने बिद्यार्थीको प्रमुख रोजाईको शैक्षिक केन्द्र बन्यो सेन्ट्रल कलेज'

प्रकाश सिग्देल

शनिबार, ०७ साउन २०७९, १४ : १०
५० बढि फुटवल क्लव लाई सेन्ट्रल कलेजले गर्यो सहयोग

चितवन । उच्च शिक्षा अध्ययनका लागि जापान अमेरीका , क्यानडा र अष्टेलिया जान चाहाने बिद्यार्थीहरुको प्रमुख रोजाईको शैक्षिक परामर्श दिने संस्था हो सेन्ट्रल कलेज चितवन  । चितवन सहित देशैभरी आफनो शाखा विस्तार गरेको यो संस्थाले शैक्षिक परामर्श संगै सामाजिक क्षेत्रमा निकै राम्रा र उदाहरणिय काम गरेको छ । अध्यनका लागि बिदेश जान चाहाने  चितवन र आसपासका जिल्लाका बिद्यार्थीहरुको प्रमुख रोजाईमा सेन्ट्रल कलेज रहेको छ । ब्यापार भन्दा पनि सेवा र सामाजिक हितमा केन्द्रीत संस्था भएकै कारण जिल्लाका हरेक संघ संस्था र सरकारी निकायले सेन्ट्रल कलेज संग समन्वय गरि सामाजिक विकासका कामहरु गरिरहेका छन् ।  सेन्ट्रल कलेज चितवनले चितवन जिल्ला फुटवल संघ संग समन्वय गरेर चितवन जिल्ला र आसपासका जिल्लामा खेलाडीको क्षमता विकासका लागी कामहरु गरिरहेको छ । शनिबार मात्रै जिल्ला फुटवल संघ संग मिलेर चितवन जिल्ला र आसपासका ५० भन्दा बढि फुटवल कल्व संग अन्तरक्रिया र परिचयात्मक कार्यक्रम संगै उनिहरुका लागी प्रतिकल्व २ वटा फुटवल वितरण गरेको छ । चितवन जिल्ला फुटवल संघका अध्यक्ष कृष्ण कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका ५० बढि फुटवल कल्वका ३०० बढि खेलाडीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि फुटलव क्ल्वका पदाधिकारीहरुले सेन्ट्रल कलेजले फुटवल खेलाडीको हितमा निकै ठुलो सहयोग र साथ बिगत देखि दिदै आएको भन्दै सेन्ट्रल कलेजप्रति आभार प्रकट गरेका थिए ।

उनिहरुले  बिदेश जान चाहाने आफना भाई बहिनी तथा छिमेकीहरुका लागि सेन्ट्रल कलेजनै प्रमुख रोजाईको शिक्षालय रहेको र आफुहरुले पनि सेन्ट्रल कलेजलाईनै सिफारिस गर्दै आएका बताएका थिए ।

 कार्यक्रमका प्रमुख अतिथि  चितवन जिल्ला फुटवल संघका अध्यक्ष कृष्ण कार्कीले बिगतमा पनि सेन्ट्रल कलेजले जिल्ला फुटवल संघ संग मिलेर जिल्लमा फुटवल र फुटवल खेलाडीको बिकासमा धेरै काम गरेको र अब झन जिल्लाका सबै फुटवल क्लव संग सेन्ट्रल कलेजले समन्वय गर्न लागेकोमा जिल्ला फुटवल संघका तर्फबाट आभार प्रकट गरे ।

उच्च शिक्षाका लागी बिदेश जान चाहाने बिद्यार्थीका लागी चितवन जिल्लामा एक मात्र स्तरिय र बिश्वास योग्य शिक्षालय सेन्ट्रल कलेज भएकाले आफना गाउँ टोलमा आफना दाजु भाई दिदि बहिनि उच्च शिक्षाका लागी, जापान, अमेरिका अष्टेलिया जान चाहेमा सेन्ट्रल कलेजलाईनै सिफारिस गर्न उनले सबै खेलाडीहरुलाई आग्रह गरे ।

कार्यक्रममा सहभागि सबै क्लवका प्रतिनिधिहरुले आफुहरुले आफनो ठाउँमा खेलाउने खेलहरुमा सेन्ट्रल कलेजको सहयोग र साथको अपेक्षा गरेका थिए ।

कार्यक्रममा बोल्दै सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ बिलास पोडेल वाई बिले आफुले, चितवन जिल्ला र आसपासका जिल्लामा फुटवलको विकासमा धेरै ठुलो लगानि गरेको बताए । सेन्ट्रल कलेजले लगानी गरेर राष्ट्रिय स्तरको खेल खेल्न समेत खेलाडी पठाएको उनकोे भनाइ थियो । फुटवल संगै कलेज लेवलका बिद्यार्थीलाई कुलतबाट जोगाउन बिद्यालयमा सचेतना कार्यक्रम, ट्राफिक संग समन्वय गरि ट्राफिक सचेतनाका कार्यक्रम, लगाएत अरु धेरै कार्यक्रमहरु कलेजले गरेको पौडेलको भनाई छ । सेन्ट्रल कलेज चितवनले आफनो सामाजिक दायित्व अन्त्रगत हरेक दिन रचनात्मक र नयाँ कार्यक्रमहरु समाजमा लाने गरेको छ । चितवनको निकै पुरानो र सबैमाझ लोकप्रिय र बिधार्थीको प्रमुख रोजाईको शैक्षिक परामर्श दिने संस्थाका रुपमा सेन्ट्रल कलेज रहेको छ । 

प्रतिक्रिया दिनुहोस