राप्रपा परित्याग गरी राप्रपा नेपाल प्रवेश गरेका २ नेतालाई अध्यक्ष कमल थापाले दिए 'महत्वपूर्ण' जिम्मेवारी

सफल खबर संवाददाता

शनिबार, ०७ साउन २०७९, १३ : ५७
राप्रपा  परित्याग गरी राप्रपा नेपाल प्रवेश गरेका २ नेतालाई अध्यक्ष कमल थापाले  दिए 'महत्वपूर्ण' जिम्मेवारी

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी राप्रपा नेपाल प्रवेश गरेका २ नेतालाई अध्यक्ष कमल थापाले 'महत्वपूर्ण' जिम्मेवारी दिएका छन्। केही दिन अगाडि मात्रै राप्रपा परित्याग गरी राप्रपा नेपाल प्रवेश गरेका  दिलबिकास राजभण्डारीलाई अध्यक्ष थापाले पार्टीको उपाध्यक्ष बनाएका छन्। यस्तै, दमन बस्नेतलाई सह-महामन्त्रीको जिम्मेवारी दिएका छन्। 

अध्यक्ष थापाले दुबै जनालाई शनिबार जिम्मेवारीपत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गरे। राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरि राप्रपा नेपाल प्रवेश गरेका थिए। 

आगामी दिनमा आबश्यकताअनुसार अन्य नेताहरूलाई पनि पार्टी र नेतृत्वले जिम्मेवारी दिने महामन्त्री राजाराम बर्तौलाले बताए।

प्रतिक्रिया दिनुहोस