लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

सफल खबर संवाददाता

शनिबार, ०७ साउन २०७९, ११ : ३८
लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

बुटवल । लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गरेका हुन। 

नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरे। लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३  उपनियम (३) बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस