आमाको नामबाट नागरिकता दिने विषयमा सर्त तेर्स्याइनु गलतः बाबुराम भट्टराई

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १९ : २८
आमाको नामबाट नागरिकता दिने विषयमा सर्त तेर्स्याइनु गलतः बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आमाको नामबाट नागरिकता दिने विषयमा सर्त तेर्स्याइनु गलत भएको बताएका छन्।उनले गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताए।

आमाको नाममा निःसर्त नागरिकता दिनुपर्ने उनको भनाइ छ। उनले भने, ‘अझै अपूर्ण छ। जन्मसिद्धका सन्तानले वंशीय नागरिकता पाउने कुरा त आएको छ। त्यो मूलतः ठीक छ। एनआरएनएहरूलाई मेरो निजी मान्यता त उनीहरूलाई पूर्ण नागरिकता दिए हुन्छ भन्ने हो। तैपनि, राजनीतिक अधिकार बाहेकका अन्य अधिकारसहितका नागरिकता दिने कुरा छ, त्यो पनि सकारात्मक छ। तर, कमजोर पक्ष के छ भने आमाको नामबाट नागरिकता प्राप्त गर्ने जुन अधिकार हो त्यो निःसर्त अधिकार हो। अनावश्यक ढंगले सर्त राखेर आमाले बाउको पहिचान भए, नभएको भनेर जुन सर्त राखिएको छ। त्यो विभेदकारी छ। गलत छ। वैवाहिक अंगीकृतको कुरा पनि समानतामा आधारित छैन। कि त नराख्ने हो भने छोरा र छोरी दुवैको दम्पतीलाई नराखौँ। राख्ने हो भने दुईवटैलाई थोरै थोरै भए पनि राखौँ। यसरी विभेदकारी प्रावधान राख्नु हुँदैन। त्यस्तै लंैगिक पहिचानसहितको जुन कुरा छ, त्यसमा पनि त्रुटि भएको छ। त्यसैले यसलाई सच्याएर पारित गर्नु राम्रो हुन्छ।’

पूर्वप्रधानमन्त्री डा. भट्टराईले नागरिकतासम्बन्धी विधेयक अपूर्ण रहेको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस