राप्रपा त्यागेका दिलनाथ गिरीसहित चार नेता राप्रपा नेपालमा प्रवेश

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, २० : ३३
राप्रपा त्यागेका दिलनाथ गिरीसहित चार नेता राप्रपा नेपालमा प्रवेश

काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका चार नेता बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालमा प्रवेश गरेका छन्। नेताहरुल दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गरेका हुन्।

राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष कमल थापाले चार जनालाई पार्टीमा स्वागत गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग मतभेद बढेका चार नेतालाई राप्रपाले स्पष्टीकरण सोधेको थियो। उनीहरूले स्पष्टीकरण नदिइ पार्टी परित्यागको घोषणा गरेका थिए।

त्यसैगरी राप्रपाका तत्कालीन खेलकुद विभाग प्रमुख दमन बस्नेत पनि राप्रपा नेपाल प्रवेश गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस