एसपीपी सम्झौताबारे सदनमा जानकारी गराउन सरकारलाई सभामुख सापकोटाको निर्देशन

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, १६ : २६
एसपीपी सम्झौताबारे सदनमा जानकारी गराउन सरकारलाई सभामुख सापकोटाको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी  साझेदारी कार्यक्रम एसपीपीबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले सांसदहरुले उठाएको सो विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपीपीबारे के भइरहेको छ त्यसबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् । 

उनले भने–‘माननीयहरुले उठाउनु भएको एसपीपी सम्झौताको बारेमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनको सन्दर्भमा जानकारी गराउनुहुन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादीका प्रमुख सचेतक देव गुरुङ र एमाले सांसद भीम रावलले एसपीपी कार्यक्रममा सहभागी नहुने मन्त्रिपरिषद बैठकले निर्णय गरेको तर पत्र नलेखेको बताएका थिए । उनीहरुले सो कार्यक्रममा सहभागी नहुने भन्दै अमेरिकालाई पत्र लेख्न रुलिङका लागि सभामुखलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस