काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरु विदेश पलायन हुनु नहुने बताएका छन ।
बुधबार पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरुसँग मन्त्री कार्यक्रम अन्तर्गत भएको शहरी विकास विषयक अन्तरक्रियामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरहरु विदेशीनु नहुने बताए ।
उनले इन्जिनियरिङ क्याम्पस भर्ना गर्नुअघि नै विदेश जाने मनोविज्ञान बोक्ने गरिएको भन्दै त्यस्तो मनोविज्ञान त्याग्न विद्यार्थीहरुलाई आग्रह गरे। उनले मुलुक निर्माण गर्ने जिम्मेवारी इन्जिनियरहरुको पनि भएको उल्लेख गर्दै सो जिम्मेवारी पूरा गर्न आग्रह पनि गरे । मन्त्री चौधरीले शहरी विकास सम्बन्धी नीतिहरु बनाउँदा इन्जिनियरहरुको ज्ञानको पनि उपयोग गरिने बताए ।
मन्त्री चौधरीले आगामी दिनमा नयाँ शहरहरु बनाउने भन्दै त्यसको इन्जिनियरिङ गर्ने जिम्मेवारी इन्जिनियरहरुलाई दिएर विदेश जान नपर्ने बनाउने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुक्त कमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
‘न्युन कार्बन उत्सर्जन गर्ने नेपालले जलवायु परिवर्तनका अत्याधिक असरहरू भोग्नु परेको छ’ : मन्त्री चौधरी
खेलकुदका माध्यमबाट पर्यटक भित्र्याउनुपर्छ : मन्त्री चौधरी
राष्ट्रिय खेलकुदको मिति छिट्टै तय हुन्छ: मन्त्री चौधरी