शारीरिक सुगठनः ८० किलो तौल समूहमा नेपाल दोस्रो

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, १८ : ०५
शारीरिक सुगठनः ८० किलो तौल समूहमा नेपाल दोस्रो

काठमाडौँ । माल्दिभ्समा भएको बडीबिल्डिङ (शारीरिक सुगठन) प्रतियोगितामा नेपाल दोस्रो भएको छ।

 ८० किलो समूहको एसियन च्याम्पियनसिपमा नेपालका उमेश राई दोस्रो भएका हुन् । 

यसअघि शारीरिक सुगठन विधा अन्तर्गत फिट्नेस फीजिकका प्रतिस्पर्धी राजु राई तेस्रो बन्न सफल भएका थिए ।

आफ्नो १७० सेन्टिमिटर उचाइभन्दा कम समूहमा उनी तृतीय स्थान हासिल गर्न सफल भएकाथिए । 

उक्त प्रतियोगितामा नेपालका डब्लुबीपीएफ अन्तर्राष्ट्रिय निर्णायक विजयलाल कायस्था , नानी काजी डंगोल र लक्ष्मण भट्ट्ले निर्णायकको भूमिका निभाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस